मधेश प्रदेश : २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

जनकपुरधाम । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले पुस २८ सम्म सरकार गठनको आह्वान गर्नुभएको छ ।

मिश्रले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

ADVERTISEMENT

१०७ सदस्‍यीय मधेश प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल रहेको छ । उसको २३ सांसद हुँदा नेपाली कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?