स्वास्थ्य चौकीलाई ल्यापटप सहयोग

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 3 mins

हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो मातहातमा रहेका स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप सहयोग गरेको छ । प्रविधिका सामान प्रयाेग गर्नुका साथै स्वास्थ्य चौकीबाट प्रदान हुने सबै सेवाको उक्त सामग्रीले रिपोर्टिङ गर्न सहज बनाउनका लागि सहयोग गरिएको हो । उक्त सामग्रीमा ल्यापटप र ट्याबलगायत छन् ।

गाउँपालिकाबाट ल्यापटप र ट्याब उपलब्ध भएपछि काम गर्न सहज हुने भएको सिमकोट गाउँपालिका-७ डाडाफयाँ स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताउनुभयो । स्वास्थ्य चौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएको बेला स्वास्थ्य चौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने भएको संयोजक बोहराले बताउनुभयो ।

ADVERTISEMENT

उक्त स्वास्थ्य चौकीले एक/एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताउनुभयो । स्वास्थ्य चौकीले आफ्नो प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ अनिवार्य गर्नुपर्ने भएकाले स्वास्थ्य चौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भण्डारीले अहिले बताउनुभयो ।

पालिकामा रहेका चार वटा स्वास्थ्य चौकी ठेहे, बरगाउँ, डाँडाफया र स्याँडा स्वास्थ्य चौकीलाई आठ वटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि स्वास्थ्य चौकीलाई ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न कठिन हुने गरेको थियो । भने अब सहज हुने भएको छ । सिमकोट गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा इन्टरनेट सेवासमेत गाउँपालिकाले जडान गरेको छ । त्यसैगरी, स्वास्थ्य शाखाले १३ जना नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टर्चलाइट पनि प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज