खाद्य प्रबिधिले गर्यो भोजपुरका पसलको अनुगमन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले भोजपुर सदरमुकाम आसपासका पसलहरुको अनुगमन गरेको छ ।

डिभिजन कार्यालयले स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायहरुको समन्वयमा बजार क्षेत्रमा रहेका खाद्य पसल, खाद्य उद्योग र होटल रेष्टुरेन्टको अनुगमन गरेको कार्यालयका खाद्य निरीक्षक सुशील कोइरालाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

खाद्य व्यावसायीहरुलाई खाद्य स्वच्छता कायम गर्न निर्देशन दिदै म्याद नाघेका करिब १५ हजार बराबरको खाद्य पदार्थ तथा सामाग्रीहरु जफत गरी नष्ट समेत गरिएको कोइरालाले बताउनुभयो ।

डिभिजन कार्यालय सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, भोजपुर नगरपालिका, उद्योग बाणिज्य संघ लगायतका प्रतिनिधी सहितको संयुक्त टोलीले बजार अनुगनम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज