बागमती प्रदेश : मुख्यमन्त्रीमा दाबी पेस गर्न २५ पुसको समयसीमा

Read Time = 2 mins

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री पदमा दाबी पेस गर्न २५ पुसको समयसीमा दिइएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभामा रहेका दुई वा दुईभन्दा दलको समर्थनमा २५ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

बिहीबार प्रदेश प्रमुख शर्माले आह्वान गरेअनुसार २५ पुस अपरान्ह ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न भनिएको छ ।

ADVERTISEMENT

‘माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माज्यूसमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगको मिति २०७१–८–२९ को निर्णयानुसार मिति २०७९–९–०२ मा पेश हुन आएकोले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नको लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९–०९–२५ गते सोमबार १६ः०० बजे भित्र दावी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आव्हान भएको व्यहोरा अनुरोध छ,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता  प्रकाश चापागाईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज