काठमाडौं । सरकारले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिवमा रायालाई ल्याएर कृष्णहरि पुष्करलाई सरुवा गरेको छ ।
साथै बैठकले राजस्व सचिवमा डा रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । रामेश्वर दंगाललाई सरुवा गरेर घिमिरेलाई ल्याइएको हो ।






