मन्त्रालय फुटाउने सत्ता गठबन्धनको योजना छैन : गृहमन्त्री लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरुले सरकारको न्यूनमत साझा कार्यक्रमबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार साँझ बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको बैठकमा सहभागी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको उहाँले बताउनु भयो। मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको गृहमन्त्री लामिछानेले बताउनु भयो । ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उहाँले भन्नुभयो

ADVERTISEMENT

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उहाँको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज