काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच भेटवार्ता भएको छ ।
उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।
वर्तमान सरकारलाई समर्थनबारे एकीकृत समाजवादीले कुनै निर्णय गरिसकेको छैन । आज मात्र अध्यक्ष नेपालले सरकारलाई मत दिने दिनसम्ममा निर्णय गरिने बताउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी थाल्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता