थ्रेस होल्ड नकटाएपनि सांसदलाई ह्वीप लाग्छ : माधव नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै कमजोरीले गत निर्वाचनमा समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेको स्वीकार गर्नुभएको छ ।

युवा संघ नेपालले बुधबार आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनता आफूहरुको पक्षमा भए पनि त्यसलाई बाकसमा खसाल्न र गन्न सक्ने अवस्था सृजना नगरेको बताउनु भयो ।

तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्नुमा आफूहरुकै कमजोरी रहेको बताउँदै उहाँले थ्रेस होल्ड कटाएकै आधारमा अतिरिक्त कुनै सुविधान नपाइने बताउनु भयो ।

ADVERTISEMENT

‘थ्रेस होल्ड पारे गरेको भए, हामीलाई हेलिकप्टर दिन्थ्यो कि हवाइ जहाज दिन्थ्यो कि, पार्टीको अफिस राख्न घर दिन्थ्यो कि, रकम दिन्थ्यो कि, केही पनि दिँदैन थियो,’ अध्यक्ष नेपालले भन्नुभयो,  ‘हामीले खटेर काम गर्न सकेको भए, १५ सिट हुन्थ्यो कि ।’

सांसदहरुलाई पार्टीको ह्वीप लाग्ने उहाँको चेतावनी दिनुभयो ।  सबै चुनौति सामना गर्ने व्यक्तिले मात्र उन्नति प्रगति गर्ने उहाँले बताउनु भयो । साथै अध्यक्ष नेपालले अहिले नै सरकारलाई विश्वासको मत दिने नदिनेबारे अहिले नै बोल्न हतार नभएको बताउनु भयो । सरकारको अनुहार हेरेर कुनै निर्णय नगर्ने उहाँले बताउनु भयो । सरकारले विश्वासका मत लिने दिन २६ गतेमात्र आफूहरुले निर्णय गर्ने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज