पाँचथरमा आगलागीमा जलेर दुई जनाको मृत्यु, ५० लाखको क्षति

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 3 mins

पाँचथर । पाँचथरको फिदिम नगरपालिका- ८ घुमाउनेटारमा मंगलबार राति एक घरमा आगलागी हुँदा दुई जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परेर अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा २३ बर्षीया आसाङसिंङ थेवे र २२ बर्षीया ममता गुरुङ रहनुभएको छ ।

स्थानीय मेघबहादुर गुरुङको घरमा राति १:३५ बजेको समयमा अचानक आगलागी हुँदा उहाँकी बुहारी आसाङसिंङ र छोरी ममताको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

आगलागी परी मेघबहादुर र विजेन्द्र गुरुङ सामान्य घाइते हुनुभएको छ । अन्य तीन जना भने भाग्न सफल भएका छन् । आगलागीबाट घर पूर्ण रुपमा क्षति हुँदा घरमा भएको अन्नपात, गरगहना, किराना पसल गरेर अनुमानित ५० लाख जतिको क्षति भएको हुन सक्ने प्रहरी नायव उपरिक्षक खतिवडाले बताउनुभयो । अन्य कारण नदेखिएको हुँदा विद्यत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

ADVERTISEMENT

आगलागी नियन्त्रणका लागि अस्थायी प्रहरी चौकी तमाखे रानीटारबाट प्रहरी सहायक निरीक्षक रोशन श्रेष्ठको कमाण्डमा खटिएको पाँच जनाको टोली तथा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरिक्षक हरि खतिवडाको कमाण्डमा थप २५ जना प्रहरी परिचालन भएको थियो ।

स्थानीय, दुई वटा वारुणयन्त्र तथा प्रहरीको सक्रियतामा आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । अग्नि पीडितहरूलाई छिमेकमा रहेको एउटा घरमा राखिएको छ ।

फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले, पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतको टोली घटना स्थल पुगी उनीहरूलाई जिल्ला दैविक विपत्त ब्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखामार्फत खाद्यान्न तथा लत्ताकपडा दिने तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *