भोजपुरमा ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ सरकारले सुरु गरेको ‘नागरिक आरोग्य कार्यक्रम’ भोजपुरमा पनि सुरु भएको छ ।

सरकारकोे नीति तथा कार्यक्रमको नसर्ने रोगको रोकथामका लागि ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गर्ने घोषणा भोजपुरमा पनि यो कार्यक्रम सुरु भएको हो । “पछिल्लो समय नेपालमा मिर्गौला फेल, मस्तिष्क घात, हृदयाघात, उच्च रक्तचाप र कलेजो सम्बन्धीका रोग लगायत नसर्ने रोगको आक्रमण बढ्दै गएको छ । नसर्ने रोगले विकरालरूप लिन थालेपछि रोगबाट हुने गरेको असामयिक मृत्यु समेतलाई मध्यनजर गरी सरकारले आफ्नै मौलिक पद्धति अवलम्बन गरी नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डितले बताउनु भयो ।

आर्युवेद तथा बैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा भोजपुरमा सरोकारवालाहरुका लागि मंगलवार गरिएको अभियान संचालन सम्वन्धी अभिमुखीकरणमा कार्यक्रमको उद्धेश्यका बारेमा स्पष्ट पार्दे प्रमुख पण्डितले भन्नुभयो, “नागरिकलाई नसर्ने रोगबाट बचाउन योग, ध्यान तथा व्यायाम उपयोगी हुन्छन्, जसले सरल जीवनयापनमा समेत सहजता ल्याउछ, योगको माध्यमबाट नसर्ने रोगको रोकथामका लागि वडा स्तरमा समेत नागरिक आरोग्य कार्यक्रम सञ्चालन हुने छ ।”

नागरिक आरोग्य कार्यक्रममा बिषयमा डाक्टर सरोज बिशालले सहभागीहरुलाई जानकारी गराउँदै निरोगी नेपाल अभियान अन्तर्गत सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी बनाउन सवैको भुमिका महत्वपूर्ण हुने बताउनु भएको थियो । उहाँले नागरिक आरोग्य कार्यक्रम प्रभावकारी बनिरहेको बताउनुभयो ।

ADVERTISEMENT

सोक्रममा भोजपुरका जिल्ला न्यायाधिश मणीराम न्यौपानेले नागरिकमा योग र ध्यानका माध्यमबाट जनचेतना बढाउन सकियो भने धेरै नसर्ने रोेगलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी गरीव देशका नगारिक भएकाले स्वास्थ्य क्षेत्रमा पनि पर्याप्त बजेट ब्यवस्थापन हुन नसकेकाले आरोग्य कार्यक्रम प्रभावकारी बन्ने छ ।”

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले नागरिक आरोग्य कार्यक्रम प्रभावकारी भएकाले आफैले केही जिवन शैली परिवर्तन गर्दा स्वस्थ्य बन्न सकिन्छ भने सवैले त्यस तर्फ ध्यान दिनु पर्ने बताउनुभयो । जिल्ला आरोग्य समितिका संयोजक तथा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले कार्यक्रम प्रभावकारी बनाउन स्थानीय स्तरका समितिहरुलाई समेत सक्रिय बनाउने बताउनु भयो । जिल्ला तहमा मात्र होइन, स्थानीय वडा तहका समितिहरुलाई समेत सक्रिय बनाउने कार्यमा सक्रिय हुने छु, प्रमुख थुलुङले भन्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज