काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीसँग आयोगको टोलीले भेटवार्ता गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहाल, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, मन्त्रीहरू र आयोगका पदाधिकारीहरु सहभागी छन् ।







Breaking news with related posts