तुलसी-चन्द्र स्मृति प्रतिष्ठानको सम्मान तथा पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । बार एसोसिएन सभाकक्षमा युवराज पाण्डेको सभापतित्व, कवि तथा पूर्वमुख्यसचिव विमल कोइरालाको प्रमुख आतिथ्य, चन्द्रकान्त आचार्यको उद्घोषण, संस्थाका सचिव तथा पुरस्कार संस्थापक हेमराज पाण्डे, सम्मानित व्यक्तित्व बुँद राणा, कृति पुरस्कृत व्यक्तित्व कलानिधि दाहाल, सम्मानित/पुरस्कृत व्यक्तित्वका परिचायक साझा प्रकाशनका महाप्रबन्धक तथा कवि प्रहृलाद पोख्रेलको विशिष्ट आतिथ्यमा शुक्रबार कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व बुँद राणालाई प्रमुख अतिथिले १० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो भने कृति पुरस्कार प्राप्त कलानिधि दाहाललाई १५ हजार रकमसहित तुलसी-स्मृति पुरस्कार पत्र प्रदान गर्नुभयो । प्रमुख अतिथिले दीप प्रज्वलन गर्दै सुरु भएको कार्यक्रममा संस्थाका सचिव तथा संस्था-सम्मान/पुरस्कार संस्थापक हेमरज पाण्डेले संस्थाको जानकारी प्रस्तुत गर्नुभयो ।

ADVERTISEMENT

प्रमुख अतिथि विमल कोइरालाले कविता लेखनको विशद् चर्चा गर्ने क्रमअन्तर्गत अहिले नेपालमा राजनीतिज्ञ अरू सबै जान्दछन् तर राजनीति जान्दैनन्, हामी राजनीतिज्ञ नभएका चाहिँ राम्ररी राजनीति बुझ्छौँ भन्दै यथार्थ व्यंग्य प्रहार गर्नुभयो । सम्मानित÷पुरस्कृत व्यक्तिद्वयले आ-आफ्ना रचना प्रस्तुत गर्दै मन्तव्यसमेत राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *