प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, मोदीको बधाई पत्र हस्तान्तरण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गर्नुभएकाे हाे ।

सो अवसरमा नेपाल-भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

ADVERTISEMENT

बिहीबार अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री प्रचण्डलाई भेट गर्नुभएकाे थियाे । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिनुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज