कांग्रेस मधेस प्रदेश दलको नेतामा कृष्णदेव यादव निर्वाचित

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित हुनु भएको छ । बिहीबार भएको दलको नेताको निर्वाचनमा उहाँले रामसरोज यादवलाई पराजित गर्नुभयो ।

मधेस प्रदेशमा कांग्रेसका २२ सांसद छन् । कृष्णले १८ र रामसरोजले चार मत पाउनु भयो । कृष्णदेव संस्थापन पक्षका नेता हुनु हो । रौतहटका उहाँ कांग्रेस मधेस प्रदेशको सभापतिसमेत हुनु हो ।

ADVERTISEMENT

धनुषाका रामसरोज विमलेन्द्र निधि निकट नेता हुनु हो। दलको नेता निर्वाचित भएपछि मधेस प्रदेशमा सरकार बनाउन अन्य दलसँग छलफल गर्ने यादवले बताउनु भयो । मधेस प्रदेशमा कुनै दलको स्पष्ट बहुमत छैन । एमाले २३ र कांग्रेसको २२ सांसद छन् । केन्द्र सरकारमा यही समीकरण रहेको अवस्थामा कांग्रेसले मुख्यमन्त्री पाउन चुनौती छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज