पोखरा । गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिनुभएको छ । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउनु भएको हो ।
५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिनुभयो । कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पन्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिनुभयो ।
गोरखाका सांसद नन्द प्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिनुभाये। ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराउनु भएको थियो ।






