नेमकिपा सरकारमा जाँंदैन, प्रखर प्रतिपक्षमा रहन्छ : सचिव सुवाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताउनुभएको छ ।

सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उहाँले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पार्नुभएको हो। नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै हुनुहुन्छ । बागमती प्रदेशमा तीन सांसद छन् ।

ADVERTISEMENT

संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाउनुभयो ।

निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरूले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज