प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गर्नुभएको छ। आज साँझ खुमलटारबाट उहाँ बालुवाटार जानुभएको हो ।

उहाँले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिनुभएको थियो ।

यस अघि भोलि मात्र प्रधानमन्त्री सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिनुभएको थियो ।

तर, आज बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार साँझ ५ बजे प्रवेश गर्ने भनिए पनि करिब एक घण्टा ढिलो उहाँ प्रवेश गर्नुभयो । उहाँ साँझ ६:२० मा बालुवाटार सर्नुभएको हो ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो।

ADVERTISEMENT

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्ड तेस्रो पटक देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको । उहाँ यसअघि २०६५ र २०७३ सालमा मा ९–९ महिना प्रधानमन्त्री बन्नुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै विहानमात्र बालुवाटारबाट धुम्बाराही भाडाको घरमा सर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज