कांग्रेस बागमती प्रदेश दलको नेतामा बहादुरसिंह लामा निर्वाचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गर्नुभएको हो ।

केन्द्रीय सदस्यसमेत रहनुभएका लामाले २१ र बानियाँले १६ मत पाउनु भयो । बानियाँ यसअघि पाँच वर्ष दलको नेता हुनुहुन्थ्यो ।

ADVERTISEMENT

लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुनु हो । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुग्नुभएको थियो ।

मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाउनु भएकाे डिनाले लामालाई दलको नेता जिताएर बदला लिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज