भेटवार्ता पछि प्रचण्ड निवासबाट बाहिरिए ओली, के भयो कुराकानी ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाहालकै निवास खुमलटारमा भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाहिरिनुभएको छ ।

नेकपाको विभाजनपछि एमाले अध्यक्ष ओली पहिलो पटक प्रचण्ड निवास पुग्नुभएको हो। भेटका क्रममा प्रदेश सरकार, संघ सरकार गठनका विषयमा छलफल भएको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘केन्द्र र प्रदेशमा अब कसरी सरकार गठन गर्ने भन्ने विषयमा छलफल भएको छ । यो अझै जारी रहने छ । निचोडमा पुगिएको छैन ।’

सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहनुका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयका कुराकानी भएको छ ।

ADVERTISEMENT

उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको थियो ।

भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज