एकीकृत समाजवादी सरकारमा सहभागी हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा एकीकृत समाजवादी समेत सहभागी हुने भएको हो ।

मंगलबार राति नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष माधव नेपाललाई भेट्नुभएकाे थियाे । सो भेटमा सरकारमा सहभागी हुनेबारे छलफल भएको थियो ।

ADVERTISEMENT

यस्तै बुधबार बिहानैदेखि प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच भेटवार्ता भएको छ  भने, अहिले खुमलटारस्थित प्रचण्ड निवासमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माधवकुमार नेपाल र प्रधानमन्त्री प्रचण्डबीच वार्ता भइरहेको छ ।

उक्त वार्तालाई निर्णायक हुने आंकलन गरिएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेबारे नेकपा एकीकृत सकारात्मक देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज