बालुवाटार छाडेपछि भाडाको घरमा बस्दै शेरबहादुर देउवा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्नु भएकाे  छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै पदभारसमेत ग्रहण गरिसक्नुभएकाे छ ।

ADVERTISEMENT

सोमबार प्रचण्डले पदभार ग्रहण गरे पनि देउवाले बुधबार प्रधानमन्त्रीको सरकारी निवास छाेड्नुभएकाे हाे । बुढानिलकण्ठस्थित आफ्नो निजी निवास मर्मत भइरहेकाले देउवा बसुन्धरामा भाडाको घरमा सर्नुभएकाे छ ।

२८ असार २०७८ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै बालुवाटार बस्नुभएका देउवाले प्रचण्ड प्रधानमन्त्री बनेपछि बसुन्धरामा सर्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज