कालीकोट । प्रेसर कुकुर पड्किदा गम्भिर घाइते भएकी कालीकोट शुभकालिका गाउँपालिका वडा नम्बर– ३ की ५१ वर्षीया हरिशोभा नेपाली बचाउँ अभियानका पत्रकार किरण अधिकारीले संकलित रकम आफन्तलाई मंगलबार हस्तान्तरण गर्नुभएको छ ।
पुस ७ खाना पकाउने क्रममा कुकुर पड्किदा गम्भिर घाइते भएकी थिइन् ।
‘हरिशोभा बचाउ अभियान’ मा पत्रकार तथा सामाजिक अभियान्ता किरण अधिकारीले आफुले विभिन्न ठाउँबाट संकलन गरेको रकम जम्मा भएपछि मंगलबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा र प्रहरी प्रमुख जयश्वर रिमालको रोहबरमा हरिशोभाका भतिजा विर्ख परियारलाई नगद रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
हरिशोभाको आर्थिक अबस्था निकै कमजोर भएपछि पत्रकार किरण अधिकारीले सामाजिक सञ्जाल मार्फत ‘हरिशोभा बचाऊ अभियान’ सञ्चालन गर्नुभएको थियो ।
उक्त अभियान सञ्चालन पछि संकलन भएको १ लाख ७१ हजार ४ सय ८७ रुपैयाँ मंगलबार प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमख र सञ्चारकर्मी समक्ष हरिशोभाका आफन्तलाई लाई हस्तान्तरण गरिएको हो ।
प्रेसर कुकर पड्किँदा गम्भीर घाइते भएकी ५१ वर्षीया हरिशोभा नेपाली, उनका छोरा १४ वर्षीय गणेश नेपाली र भतिजा १० वर्षीय लाकेन्द्र नेपाली गम्भीर घाइते भएपछि उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा ल्याइएको थियो ।
जिल्ला अस्पताल कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारका अनुसार हरिशोभाको तत्काल उपचार पछिको अबस्था खतरामुक्त रहेको र अझै एकदुई दिन अनुहारको घाउ राम्रोसँग निको नहुञ्जेल अस्पतालमै रहने जानकारी दिनुभयो ।
मंगलबार जिल्लास्थित पत्रकार तथा अन्य सरोकारवालाहरुको उपस्थितमा आयोजित एक कार्यक्रममा उक्त कार्यक्रमका अभियान्ता पत्रकार अधिकारीले रकम सार्वजनिक गर्नुभएको थियो । प्रेसर कुकर पड्किँदा घाइते भएका हरिशोभाका परिवारलाई थुप्रै सहयोगीले सहयोग गरेको अभियान्ता अधिकारीले बताउनु भयो ।
उहाँले सामाजिक क्षेत्रमा काम गर्दा दिनदुखीहरुलाई सहयोग गर्नेहरुको कमी नभएको तर सामाजिक अभियान्ता भन्दै रकममा चरम लापरबाही गर्नेहरुको संख्या बढ्दो रहेकाले सम्बन्धित व्यक्तिहरुसँग समन्वयकारी भूमिका राखेर निष्पक्ष काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले हरिशोभा जस्तो आर्थिक अवस्था कमजोर भई बिरामी हुँदासमेत उपचार गर्न सक्ने अवस्था नभएको परिवारलाई पत्रकार अधिकारीले गरेको प्रशंसा जनक कार्यबाट अन्य अभियान्ताहरुले केही सिक्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी शर्माले पत्रकार अधिकारीलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि दिनदुखीहरुको सहयोगमा निरन्तर खट्न आग्रह समेत गर्नुभयो ।
देश तथा विदेशमा रहेका नेपालीहरुले गरेको सानो सहयोगले हरिशोभाको परिवारलाई ठूलो राहत मिलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता