व्यवसायीक असुरक्षाले सुनचाँदी व्यवसाय नै संकटमा परेको गुनासो

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । सुनचाँदी व्यवासायीले असुरक्षाका कारण सुनचाँदी व्यवसाय नै पलायन हुने खतरा देखिएको गुनासाे गरेका छन् ।

सुरक्षाकाे माग गर्दै उनीहरुले अपराधिक तत्वबाट हुने चोरी, लुटपाट तथा सुनको अभावमा व्यवसाय सञ्चालन गर्न निकै कठिन भएको बताउँदै त्यसमा राज्यको ध्यानाकर्षण समेत गराए ।

सोमवार बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको तेस्रो बार्षिक साधारणसभाको उद्घाटनसत्रमा बोल्ने सो व्यवसायका अगुवाहरुले उक्त धारणा राखेका हुन् ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नु भएको थियो ।  प्रमुख पाण्डेले बुटवल नगरमा रहेका सुनचाँदी व्यवसायीहरुको संरक्षण, व्यवस्थापन र सुरक्षाको जिम्मेवारी स्थानिय सरकारको पनि रहेको हुँदा त्यसमा आफु प्रतिवद्ध रहेको बताउनु भयो ।

पाण्डेले व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न योजनाबद्ध रुपमा कामहरु गर्ने बताउदै सुनचादी व्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको सुरक्षाको विषय राज्यकै जिम्मेवारी भएको हुदा बुटवल सुनचादी व्यवसायीहरुका लागि सुरक्षित क्षेत्र हो भन्ने बनाउन सबैमा आग्रह गर्नु भयो ।

सम्बोधनका क्रममा पाण्डेले बुटवलमा छरिएर रहेका सुनचादी व्यवसायीहरुलाई एक छातामुनी राख्ने व्यवस्था गर्ने सोच नगरपालिकाले गरेको उल्लेख गर्दै त्यसमा व्यवसायीहरुको स्पष्ट धारणा दिन अनुरोध गर्नु भएको थियो ।

ADVERTISEMENT

उहाँले बुटवलको वजार विविधिकरणको अभावले व्यवसायीक पलायन बढेको हुदा त्यसमा गम्भिर बनेर वजारलाई चलायमान बनाउने स्थानिय तह र व्यवसायीहरु सहकार्य गरेर अगाडी बढ्ने समय आएको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विकले सुनचादी व्यवसायीहरुका समस्याका बारेमा राज्यलाई धेरै पटक अवगत गराएको भएपनि नितिगत रुपमा कुनै परिर्वतन हुन नसकेको बताउदै काचो सुनको अभावले व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गर्नु भयो ।

नेपाल सुनचादी व्यवसायी महासंघका केन्द्रीय सदस्य एमवी विश्वकर्माले सुनचादी व्यवसाय अति सम्बेदशील व्यवसाय भएका कारण यसलाई सञ्चालन गर्दा अति गम्भिर भएर गर्नु पर्ने धारणा राख्नु भएको थियो ।
महासंघका अर्का केन्द्रीय सदस्य दीपक कुमार विकले परम्परागत रुपमा चलेको हाम्रो व्यवसाय एवं व्यवसायीक संस्थामा पुस्तान्तरण हुन नसक्दा समस्याहरु ज्युँकात्यू रहेको बताउनु भयाे । कानुनी रुपमा हामीले झेल्नु परेका समस्या र राज्यले हामीलाई हेर्ने  दृष्टीकोणमा परिर्वतन आउनु जरुरी भएको उहाँले बताउनु भयो ।

संघका अध्यक्ष गाेकुल विश्वकर्माको अध्यक्षता, सचिव चुरामणी विकको सञ्चालन तथा उपाध्यक्ष मिलन विश्वकर्माको स्वागतमा भएको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कशजु, रुपन्देही व्यापार संघका महासचिव दयानीधि भण्डारी, नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका अध्यक्ष राजु लिगल, बुटवल वडा नं. ४ का अध्यक्ष नरिश्वर पौडेल, रुपन्देही सुनचादी व्यवसायी संघका जिल्ला अध्यक्ष रामकिशन विक, प्रदेश उपाध्यक्ष विक्रम सुनार, सिद्धार्थनगर सुनचादी व्यवसायी संघका अध्यक्ष दिपक कशौल, विजेन कम्पनिका कोषाध्यक्ष विजेन कालिराज लगायत बोल्नु भएको थियो ।

साधारणसभाको बन्द सत्रले अध्यक्ष गोकुल विक, सचिव चुरामणी विक तथा कोषाध्यक्ष दलबहादुर विक(राजु), द्वारा प्रस्तुत बार्षिक प्रतिवेदनहरु छलफल पश्चात पारित गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *