भ्रष्टाचारको विषयमा छानबिन गर्न आयोग बन्ने भएपछि सरकारमा गयौँ : रवि लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताउनुभएको छ ।

सोमवार नयाँ बानेश्वरस्थित संसद भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने सझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताउनुभएको हो ।
उहाँले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गर्नुभयो । त्यस्तै शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउने लगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताउनु भयो ।

साझा सहमति बाहिर सार्वजनिक गर्ने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो शर्त भनेको भ्रष्टाचारका बिरुद्धमा नयाँ, पुराना जति पनि विषयहरु छन् । तिनमा निर्मम भएर अधिकार सम्पन्न एउटा आयोग भन्नुहोस्, अथवा एउटा त्यस्तो संयन्त्र बनाउने भन्नेकुरामा हामीले सबभन्दा पहिला सबै पार्टीले त्यसमा सहमति गरेपछि, शिक्षा र स्वास्थ्यको बिलमा साझा प्रतिवद्धता गरिसकेपछि, विदेशमा रहेका नेपालीहरुको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चितता मात्र होइन उहाँहरुको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यु टिम सहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरुका लागि एउटा विशेष कार्यक्रम लगायतका विषयहरुमा हामीले साझा सहमति गर्छौ । सात, आठ बुँदाको हाम्रो तर्फबाट हुन्छ ।’

ADVERTISEMENT

सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पार्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज