सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन, भोलि पुन: बस्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार बसेको बैठक आगामी सरकार गठबन्धन भित्रका दलहरुमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनु भयो ।

उहाँले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आईतवार बैठक बसेर टुंगो लगाउने बताउनु भयो । उहाँले प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा रहेको बताउनु भयो ।

ADVERTISEMENT

उहाँले अबको सरकार गठबन्धनकै नेतृत्वमा बन्ने भन्दै गठबन्धनले नै जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रुपले छलफल भयो । छलफल सकारात्मक रुपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्नेकुरा गौण हो । मुलुकलाई जनताको आकांक्षाअनुसार अघि बढ्ने ठूलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’

मन्त्री कार्कीले जनताको आकांक्षालाई गठबन्धनको सरकार बनाएर तिब्र गतिले अघि बढाएर लैजाने बताउनु भयो । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार साँझ ५ बजेसम्मको समय दिनुभएको छ । जसकारण पनि नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीचको छलफल तिब्र बनेको छ ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज