सुन्दरताका लागि चिटिक्क पारिंदै गुल्मी तम्घासको चिदिचौर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासको मुटु मानिने अव्यवस्थित रुपमा रहेको चिदिचौरलाई व्यवस्थित गर्न लागिएको छ । चिदिचौर खेलमैदानको सुन्दरतासंगै व्यवस्थित रुपमा चिटिक्क पार्न रेसुङ्गा नगरपालिका लागेको हो । चिदिचौर खेलमैदानको नाली निर्माण लगायतका विभिन्न कामहरु अहिले धमाधम सञ्चालन भइरहेका छन् ।

रेसुङ्गा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत वडा नम्बर-१ मा पर्ने चिदिचौरलाई व्यवस्थित गर्नका लागि कुल ६० लाखको टेण्डर आव्हान गरिएको थियो । टेण्डरबाट सुस्मा करिस्मा निर्माण सेवाले ३८ लाख ५० हजारमा निर्माणको जिम्मा पाएको रेसुङ्गा नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले जानकारी दिनुभयो । असार मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माणको कार्य भइरहेको छ ।

“चिदिचौरको प्रवेशद्वारमा दुवैतर्फ आकर्षक गेट निर्माण गरिनेछ ।” इन्जिनियर कोइरालाले भन्नुभयो, “वायरनेसको जाली निर्माण गरिनेछ । सिढिको प्लास्टर रङरोगन गरिनेछ । स्टेजमा ट्रस निर्माण गरिनेछ ।” ग्राउण्डको पानी व्यवस्थापनका लागि १०० मिटर नाली निर्माणको काम भइरहेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

चिदिचौरलाई व्यवस्थित गरेर तम्घासको सुन्दरताका रुपमा रुपान्तरण गरिने नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । “चिदिचौरमा अहिले गौरवको आयोजना राखेर काम गरिरहेका छौं ।” उहाँले भन्नुभयो, “चिदिचौरलाई व्यवस्थित गर्न हामी सबै लागेका छौं ।” थप बजेटको व्यवस्था गरि आगामी दिनमा चिदिचौरमा दुबो रोप्ने, रोलिङ गर्ने तथा रङ्गशालाको जस्तो कभर गरिने योजना समेत रहेको उहाँले उल्लेख गर्नुभयो ।

“चिदिचौरको व्यवस्थापनका लागि अव्यवस्थित रुपमा छेउछाउमा राखिएका फुटपाथहरुलाई समेत व्यवस्थित गर्ने भएका छौं ।” उहाँले भन्नुभयो, “अहिले चिदिचौरमा प्लास्टर, नाली निर्माण लगायतका विभिन्न कामहरु धमाधम सञ्चालन भइरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज