सप्तरी । २०३९ सालदेखि डस्ना–सिरक बनाएर जीविकोपार्जन गर्दै आएका सप्तरीको विष्णुपुर गाउँपालिका-१ का ६० वर्षीय मोहम्मद नजिरलाई अहिले यो पेशा अपनाएकोमा दुःख लागिरहेको छ । १० वर्षयता ब्ल्यांकेट ओढ्नेको संख्या हृवात्तै बढेपछि उनीहरूको पेशा संंकटमा परेको हो । पहिलेको तुलनामा अहिले २५ प्रतिशतले मात्र सिरक ओढ्ने र ७५ प्रतिशतले ब्ल्यांकेट ओढ्न थालेपछि आफ्नो पेशा संकटमा परेको नजिरको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘१० वर्षअघिसम्म सप्तरीमा मात्र यो पेशामा ७०/७२ जना धुनियाँ थिए । जाडो महिनामा राजविराजको मुख्य बजारको सडकको छेउ ओगटेर लहरै बनाउँथ्यौँ । सबैतिर भरिभराउ हुन्थ्यो । अहिले जम्मा १०/१२ जना छौँ । तर, पनि हामीसँग काम हुँदैन । यो मिहिनेती पेशा हो । तर, पनि काम नभएपछि नयाँ पुस्ताको यो पेशाप्रति आकर्षण घटेको छ । यस पेशामा कोही आउन चाहँदैनन् । जसकारण आफूहरूको मृत्युपछि धुनियाँ पेशा गर्ने मानिस पाउनै गाह्रो हुने नजिर बताउनुहुन्छ ।
सोही ठाउँका उहाँसँगै काम गर्दै आउनुभएका उहाँका सहकर्मी ५७ वर्षीया मोहम्मद हजिरले पुरानो केहीबाहेक सबैले नै ब्ल्यांकेट ओढ्दै आएपछि अहिले जाडो महिनामा पनि कहिलेकाहीँ काम नपाएर त्यसै बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । गर्मी महिनामा त झन् गाह्रो । डस्नाको काम अलि-अलि हुन्छ सिरकको पाउनै गाह्रो हुने गरेको छ ।
रेडिमेट सिरक, डस्ना दिनमा पाँचवटा तयार गर्न सक्ने धुनियाँहरूले ग्राहकले आफैं अर्डर दिएर बनाउन लगाएपछि धेरैमा दुईवटासम्म बनाउन सक्ने उनीहरू बताउँछन् । जति थोरै कपासको सिरक बनाइन्छ, त्यति थोरै ज्याला र जति बढी कपासको सिरक बनायो, त्यति बढी ज्याला लिने गरेको उनीहरूको भनाइ छ । उनीहरूले बढीमा तीन हजारसम्म लिने गरेको बताएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts