मुसहर समुदायलाई इँटाभट्टामै गएर सचेतनामूलक कार्यक्रम

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 4 mins

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका-४ गढाटोलका मुसहर समुदायलाई इँटाभट्टामै गएर रिफ्लेक्ट कक्षा सञ्चालन गरिएको छ । मुसहर समुदाय चरम आर्थिक अभाव, गरिबी र गाँस बाँस कपास जस्ता आधारभूत आवश्यकता पूरा नहुँदा बिहान बेलुकाको छाक टार्न सिंगो परिवार नै दैनिक ज्याला मजदुरी गर्न इँटाभट्टा जानुपर्ने बाध्यता छ ।

वर्षमा ६ महिना पूरै परिवारका सदस्यहरू इँटाभट्टामा जाने भएकाले शिक्षा र चेतनामा पछाडि परेका मुसहर महिला सशक्तिकरण मञ्चका महिलाहरूलाई इँटाभट्टामै गएर रिफ्लेक्ट सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपरेको साप नेपालका फिल्ड सुपरभाइजर रितेज राज ऋषीले बताउनुभयो । मुसहर समुदायका महिलाहरूलाई बचत तथा आयआर्जन सामाजिक मूल्य मान्यता, बाल विवाह, जाडरक्सी, जुवातासविरुद्ध सचेतना अभिवृद्धि गर्नुको साथै स्थानीय सरकारको लैंगिक उत्तरदायी बजेट सम्बन्धमा तालिम दिइएको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष रितुजार ऋषीले बताउनुभयो ।

मुसहर समुदाय शिक्षा र चेतनाको अभावको कारण स्थानीय सरकारले दिने सेवा सुविधाबाट समेत वञ्चित हुनु परेकोले स्थानीय स्तरमै रोजगारीको अवसर सृजना गर्नुपर्ने समूहकी अध्यक्ष प्रमिला देवी माझीले बताउनुभयो । स्थानीय सरकारले सामूहिक बंगुर पालन, तरकारी खेती गरी आर्जन गर्न बजेट दिनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

सर्लाही जिल्लामा अन्डेफको सहयोगमा साउथ एसिया पार्टनरसिप नेपाल (साप-नेपाल) संस्थाद्वारा सञ्चालित नेपालमा स्थानीय सरकारको लैंगिक उत्तरदायी सुशासन प्रवद्र्धन कार्यक्रमअन्तर्गत गठन गरिएका मुसहर महिला सशक्तिकरण मञ्चअन्तर्गत चन्द्रनगर गाउँपालिका वडा नं २,३,४,६ र ७ मा १७ वटा मुसहर महिला सशक्तिकरण मञ्च, हरिपुरमा १० वटा, बरहथवामा ४ वटा र बसबरियामा १ वटा समूह गठन गरी कृषिमा दर्ता भई विभिन्न क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ । कार्यक्रमअन्तर्गत मुसहर महिलाहरूलाई दुईदिने सचेतनामूलक रिफ्लेक्ट कक्षा सञ्चालन गरिएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो ।

रिफ्लेक्ट कक्षा सञ्चालन गर्ने क्रममा लैंगिक समता तथा नेतृत्व क्षमता विकास तालिम, समाजिक जवाफदेहिता अवधारणा र यसका विधिहरू, स्थानीय योजना निर्माण प्रक्रियामा मुसहर समुदायको सहभागिता तथा लैंगिक उत्तरदायी बजेट सम्बन्धमा सचेतना, आय आर्जन तथा जीविका सुधार, समाजिक मूल्यमान्यता, समाजिक समस्या र समाधानका उपायबारे प्रशिक्षण सञ्चालन हँुदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज