नेपालमै पहिलो मेट्रो ट्रामा रेल तिलोत्तमा संञ्चालन हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा परिकल्पना गरिएको रिङरोडमा नेपालमै पहिलो मेट्रो ट्राम रेल संचालनहुने भएको छ।

सरकार र प्राइभेट कम्पनीको साझेदारीमा संचालन गर्ने तयारी गरिएको रेलवे सेवाको शुक्रबार एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रेलेवे सेवाको शिलान्याश गर्नु भयो।

शिलान्याश कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले रेलेवे सेवालाई तिलोत्तमा नगरपालिकाको गौरबको आयोजनाका रुपमा अगाडि सारिएको बताउनु भयो। रेलवे सेवालाई निजी कम्पनीले संचालन गर्ने योजना बनाए पनि सो सेवा तिलोत्तमा बासीको साझा सम्पत्ति हुने नगरप्रमुख खाणँले बताउनु भयो।

उहाँले तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार विगाहामा नयाँ शहर विकास गर्ने काम समेत अघि बढिरहेको बताउनु भयो। धेरै परियोजनाहरू नगरमा संचालन भैरहेको नगरप्रमुख खाणँको भनाई छ।

तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र एसियाली विकास बैंकलगायत दातृ निकायहरुको सहयोगमा परियोजना संचालन गरिने बताउनु भयो। उहाँले एक वर्षभित्र ४ किलोमिटरको तयारी पुरा गरेर संचालन हुने जनाउँदै लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपैयाँबाट डिपिआर तयार गरिएको बताउनु भयो।

ADVERTISEMENT

रेल्वे कम्पनीका प्रबन्ध निर्देशक भोला शर्माले साढे ८ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा संचालन हुने बताउँदै आवश्यकताअनुसार लुम्बिनी, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पूर्व पश्चिम राजमार्गमा जोड्ने गरि डीपीआर तयार भएको बताउनु भयो। प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उहाँले बताउनु भयो। शर्माका अनुसार चक्रपथको ४३ फिट भित्री बाटोको छेउँमा जोडेर १४ फिट भागमा ट्राम रेल संचालन हुने छ।

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाईट रेल्वे भएको उहाँको भनाई छ। रेल सेवामा दैनिक ३० हजार, ८ लाख मासिक र वर्षमा १ करोड मानिसले सेवा लिने तथा यस बाहेक सामान ढुवानी लगायतको समेत सेवादिन सकिने सम्भावना रहेको उहाँले बताउनु भयो। यसबाट वार्षिक १ अर्ब १० करोड आम्दानीगर्ने र खर्च कटाएर १ अर्ब बचत हुने पनि उहाँको दाबी छ।

शर्माका अनुसार परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले प्रत्यक्ष रोजगारी पाउने छन्। ६ वटा ट्राम टाईगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने छ भने एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्न सक्ने छन्।

५० करोड शेयर पुँजी रहेको रेलेवे कम्पनीको चुक्तापुँजी ५ करोड रहेको छ। काम सुरु भएसँगै चुक्तापुँजी बढाउँदै लगिने कम्पनीले जनाएको छ। २ वर्षमा कार्य सम्पन्न गर्ने गरि रेलवेको सुर्यविनायक कन्ट्रक्सनले ठेक्कापाएको छ। कम्पनीका सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्बे संचालन गर्ने अभियानमा पछिल्लो समय स्थानीयको सहभागीता बढ्दै गएको बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज