स्वदेश पठाउन चार्ल्स शोभराजलाई अध्यागमनबाट विमानस्थल लगियो

Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई स्वदेश फिर्ता गराउनका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल लगिएको छ।

साँझ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स पठाउनका अध्यागमनबाट शोभराजलाई विमानस्थल लगिएको हो।
चार्ल्स शोभराजलाई अब नेपालमा कहिल्यै फर्कन नपाउने गरी डिपोट गरिँदैछ । विगत १९ वर्षदेखि जेलमा रहेका शोभराजलाई ९बुधबार० जेलमुक्त गरेर १५ दिनभित्र स्वदेश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।

ADVERTISEMENT

४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्याको अभियोगमा चार्ल्सले सजाय काटिरहेका थिए । उनी ४७ वर्षअघि क्रिसमसको पूर्वसन्ध्यामा काठमाडौंस्थित एक जुवा घरबाट पक्राउ परेका थिए । अहिले उनी क्रिसमसकै पूर्वसन्ध्यामा जेलमुक्त भएका छन् ।

चार्ल्स शोभराजसँग जेलभित्रै विवाह गरेकी नेपाली नागरिक निहिता विश्वासले ढिलै भए पनि आफूहरूले न्याय पाएको प्रतिक्रिया दिएकी छन् । नेपालमा आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै फ्रान्स जान पाउनु पर्ने निहिताले माग गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *