काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (शुक्रबार) पदबाट राजीनामा दिने हुनुभएको छ ।
धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले बिहीबार सदस्य पदको शपथ लिएपछि आज राजीनामा दिन लाग्नुभएको हो ।
मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उहाँको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
आज हेटौंडा पुगेर पाण्डेले राजीनामा दिने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता