संसदीय दलको नेताका लागि गुटमा सहमति खोज्न शेखर-गगन समूहको भेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला र गगनकुमार थापासमूहको बैठक काठमाडौंमा बसेको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा शेखर पक्षीय नेताहरू जुटेका हुन् ।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारको दाबी गर्दै आउनु भएको छ। नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक देखिनुभएको छ ।

१४औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी हुनुहुन्छ ।

ADVERTISEMENT

संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थाल्नुभएको छ । । नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेतामा इच्छुक देखिनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज