बेसहाराको सहारा ‘द सहारा’

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बेसहाराको सहारा द सहारा बनेको छ । बाराको सदरमुकाम कलैया स्थित एभरेष्ट लजको सभाहलमा सोमबार आयोजना गरिएको द सहारा लोन सेभिंग्स को—अपरेटिभ सोसाइटी लिमिटेडको २६ औ वार्षिक साधारण सभा छलफल कार्यक्रममा बारा निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले दुई दशक भन्दा बढी समय देखि बेसहाराहरुको सहारा द सहारा बनेको बताउनुभयो ।

सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहे पनि मधेश प्रदेशको अधिकांश जिल्लामा आफना शाखाहरु विस्तार गरी गरीब, दलितहरुको पहुँच सम्म सफल भएको यो सहाकारीले हरेक तह तप्काका मानिसलाई समेटन सफल भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहले बताउनुभयो ।

अहिले बारा जिल्लामा यो सहकारी संस्थाको ३ हजार भन्दा बढी शेयरधनीहरु रहेका छन् । यसले कोरोना जस्तो महामारीको समयमा समेत आफना सदस्यहरुलाई सहयोग गर्दै आएको छ ।

ऋण लिनलाई न डराउनु दिनलाई डराउनु उहाँले भन्नुभयो,‘ हामीले ऋण लिएर त्यसको सदुपयोग गर्नु पर्दछ । ऋण अगाडी बढने माध्यम हो । तर यसको सदुपयोग गर्न सकिएन भने ऋणले डुबाउँछ । ऋणले मानिसलाई सक्रिय बनाउँछ, काम गर्न उत्प्रेरित गर्दछ । तर ऋणको सदुपयोग गर्न सकिएन भने यसले मानिसलाई झन दुःखी बनाउँछ । आर्थिक भार बढेर जान्छ त्यसैले यसको सदुपयोग गर्न जान्नु पर्दछ अनि मात्र अगाडी बढन सकिने उहाँले जानकारी दिनुभयो ।’

अहिलेको परिस्थितिमा देशको आर्थिक अवस्था दयनीय बन्दै गएको छ उहाँले भन्नुभयो,‘कमर्सियल बैकहरुले पनि अहिले ऋण लगानी बन्द गरेको छ । ऋण बन्द हुँदा अधिकांश जनताहरुले तनाव खेप्नु परिरहेको अवस्था छ । तनावै तनावमा सरकारले जिवन जिउन बाध्य पारेको उहाँले आरोप लगाउनुभयो ।’

ADVERTISEMENT

सबैको सुझाव र सल्लाह बमोजिम आफू अगाडी बढने उहाँले बताउनुभयो । म जनताको सेवक हुँ, मालिक होइन उहाँले भन्नुभयो,‘सेवकले जहिले पनि मालिकको आदेशको पालना गर्दछ । तपाईहरुले मलाई प्रतिनिधि सभामा विजयी गराएर काम गर्न पठाउनु भएको छ । तपाईहरुको सुझाव सल्लाह बमोजिम नै आफूले जिल्ला र क्षेत्रको विकासको लागि कुनै कसर बाँकी नराख्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

देशलाई आर्थिक संकटबाट बाहिर ल्याउन स्थायी सरकारको आवश्यकता रहेको छ । देशका अधिकांश महिलाहरु शिक्षा र रोजगारीको अभावमा अहिले पनि पछाडी परेकी छिन् । उनीहरुको लागि पनि शिक्षा र रोजगारीको व्यवस्था गराउन आफूले पहल गर्ने बताउनुभयो ।

देशमा विद्यमान बेरोजगारी समस्या समाधानको लागि वर्तमान सरकारले केही गर्न सकेको अवस्था छैन । कृषि उत्पादन दिनानुदिन घटदै गएको छ । उर्बर जमिनमा बस्ती बसालिएको छ । खेती योग्य जग्गा मासिदै गएका छन् । खेती योग्य जग्गामा बस्ती बस्ने क्रम बढेको छ । जसको कारण देशमा कृषि उपजमा कमी आएको छ । सरकारले माटो परिक्षण गरी कुन ठाउँ कुन खेतीको लागि उपयुक्त छ र कुन ठाउँ बस्तीको लागि उपयुक्त छ, छुट्टयाउन नसकेको कारण खेती योग्य जग्गामा बस्ती विस्तार हुँदै जाँदा उत्पादनमा समेत ह्रास देखिएको हो भने समयमा किसानहरुले मल, खाद्य, विउ नपाएको कारण गरिएको खेतीबाट समेत लागत अनुसारको प्रतिफल पाउन नसकेको उहाले बताउनुभयो ।

कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह लगायतको उपस्थिति रहेको थियो ।
द सहारा सहकारी संस्थाका संचालक सदस्य राकेश पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जयनारायण यादवले गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज