-प्रकाश न्यौपाने
नवलपरासी । पश्चिम नवलपरासीमा उखु किसानहरूलाई तत्कालका लागि प्रति क्वीन्टल रु ५२० रुपैयाँ चिनी उद्योगबाट भुक्तानी पाउने भएका छन् । यस क्षेत्रबाट निर्वार्चित संघीय सांसद विनोद चौधरी र प्रदेश सांसद देवकरण प्रसाद कलवार (सन्तु) को पहलमा उद्योग सञ्चालनहरु भएको छलफलका आधारमा उक्त रकम दिन उद्योगहरू तयार भएका हुन् ।
सरकारले उखुको समर्थन मुल्य तोकि नसकेको अवस्थामा तत्कालका लागि चिनी उद्योगबाट प्रति कुईन्टल रु ५२० रुपैयाँ किसानले पाउने गरी उद्योगहरू सहमति देखिएका छन् ।
जस अनुसार किसानले उद्योगमा उखु बापत उक्त रकम पाउने भएपछि तत्कालका लागि किसानहरू खुसी भएका छन् ।
जे होस अघिल्लो अघिल्लो बर्ष बर्षौसम्म बाँकीमा उखु दिनुपर्ने र भुक्तीनी लिन विभिन्न समस्या झेल्दै आएका किसानहरुले यस पटक समयमै यस क्षेत्रबाट निर्वार्चित जनप्रतिनिधीहरुले गरेको पहलका कारण उद्योगहरू प्रति कुईन्टल रु ५२० रुपैयाँ किसानलाई तत्कालै भुक्तानी दिन थालेपछि किसानहरूले राहतको महशुस गरेका छन् ।
जिल्लामा बागमति, ईन्दिरा र लुम्बिनी चिनी मिल गरि तीन वटा ठूलो चिनी मिलहरू छन । किसानहरूको समस्या प्रति सरकारले ध्यान नदिएकै कारण किसानहरू थप पीडित बन्दै जाँदा उखु खेती घट्दै गएको छ ।
जिल्लामा कुल साढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको थियो तर अहिले घटेर ५ हजार हेक्टर क्षेत्रफलमा सिमिति भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts