प्रचण्डले सरकारको नेतृत्व पाउनु पर्ने हाम्रो स्वभाविक जिकिर हो : देव गुरुङ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले भावी प्रधानमन्त्रीमा प्रचण्डको दावी रहने बताउनु भएको छ ।

संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले माओवादी नै यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अव बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दावी रहेको उहाँले बताउनु भयो ।

संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौंताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको पनि उहाँले बताउनु भयो ।

महासचिव गुरुङले माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत गर्नु भयो ।

ADVERTISEMENT

उहाँले सरकारको नेतृत्व, मुलुकको नेतृत्व मुलुकलाई स्वाधिन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
महासचिव गुरुङले भन्नु भयो, ‘गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । एउटा सिंगो प्रचण्ड मात्रै बाँकि रहनु भएको छ । त्यसकारणले यो संकट पर्दाखेरी स्टेटम्यानसिप लिएका पात्रहरु अगाडि बढने कि नबढने भन्ने प्रश्न छ । मुलुकमा जुन समस्याहरु पैदा भएको छ । यो अवस्थामा मुलुकको अभिभावकको रुपमा रहेको, मुलुकको यो व्यवस्थाको प्रस्तावको रुपमा रहेको, यो मुलुकको संरक्षकको रुपमा रहेको नेतृत्व अगाडि बढने कि नबढने भन्ने प्रश्न आउँछ । नर्मल रुपमा पनि यस्तो खालको संकटहरु पैदा भएको बेलामा मुलुकको संरक्षक, मुलुकको प्रस्ताव र मुलुकको अभिभावकहरु अगाडि बढन जरुरी छ भन्ने लाग्छ । अवको चुनौतिलाई फेस गर्नका लागि सायद माओवादी विचार, माओवादी चिन्तन, माओवादी दृष्टिकोण, त्यही आधारमा लिडरसिपको हिसावले पनि अगाडि बढनुपर्छ भन्ने मान्यता हो । तर संसदको अवस्था हेर्दाखेरी दलहरुबीच सम्झौंताको बाटो खोज्छ ।’

महासचिव गुरुङले मुलुक सामू चुनौति रहेकाले त्यसको सामना हुने गरी अघि बढन सबै दलहरुले सहकार्य गरेर अघि बढनपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?