महोत्सव स्थलमा दैनिक रक्तदान हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । डेङ्गु संक्रमणका कारण देशभर रगतको अभाव छ । देशभर भइरहेको रगत अभावलाई मध्यनजर गर्दै धादिङ महोत्सव मुलआयोजक समितिले आठौ धादिङ महोत्सव अवधिभर रक्तदान तथा रक्त समुह परीक्षण कार्यक्रम गर्ने भएको छ ।

महोत्सव स्थलमा मान्छेहरुको भीडभाड रहने र रक्तदान गर्ने मान्छेहरु धेरै रहने भएकाले रगतको अभावलाई मध्ये नजर गर्दै महोत्सव अवधिभर नै रक्तदान कार्यक्रम राखिएको धादिङ उद्योग बाणिज्य संघका महासचिव तिलक सिंखडाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

रक्तदान कार्यक्रमसंगै निशुल्क रक्त समुह परीक्षण तथा सुगर र प्रेसरको पनि परीक्षण गरिने सिंखडाले जानकारी दिनुभयो । ‘महोत्सव अवलोकन गर्नेहरुलाई लक्षित गरेर सुगर प्रेसर परीक्षण कार्यक्रम पनि हुन्छ ।’ सिंखडाले भने, ‘कतिपय ब्यक्तिहरुको रक्त समुह थाहा पाएकै हुन्न, त्यसैलाई मध्ये नजर गरेर महोत्सव अवलोकन कर्ताहरु जसलाई आफ्नो रक्तसमुह थाहा छैन, उसको रक्त समुह पनि छुट्याउने ब्यवस्था मिलाएका छौँ ।’

परीक्षणको कार्यक्रमलाई ब्यवस्थित बनाउन स्वास्थ्य परीक्षण स्टल नै राख्ने तयारी गरेको सिंखडाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्रले रक्तदान कार्यक्रमको समन्वय गर्ने र महोत्सव मुलआयोजक समितिले रक्त समुह परीक्षण, रक्तदान तथा सुगर प्रेसर परीक्षणको कार्यक्रमको ब्यवस्थापन गर्ने तय भएको मुलआयोजक समितिका संयोजक एवं धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु बहादुर थपलियाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *