कोहलपुरमा बहुमूल्य मूर्तिसहित चोर पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा विभिन्न स्थानमा चोरी गरेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयाे ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २९ वर्षीय नवीन विक, कोहलपुर-२ विकासनगरका ध्रुवसिंह ठकुरी र दुईजना बालक छन् । विकले सञ्चालन गरेको जानकी सुनचाँदी पसलबाट प्रहरीले १३ ग्राम एक सय मिलिग्रामका १९ वटा चोरी भएको सुनका टुक्राहरु बरामद गरेको छ। उनकै पसलबाट ३१ तोला २८ लाल सुनचाँदीका तयारी गरगहनासमेत बरामद भएको डिएसपी मल्लले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

उनीहरुले चोरी गरेका गहना पगालेर वा टुक्रा पारी बेच्ने गरेका थिए । पसलबाटै चाँदीको जस्तो देखिने धातुहरुको पाउजु, औँठीहरु, वाला, हात्तीको पुच्छर, सिक्री र लकेटसमेत बरामद भएको छ ।

प्रहरीले चोरीका तीन थान मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको हो । राप्तीसोनारी गाउँपालिका बहुमूल्य मूर्ति चोरी गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिकलाजुङ गाउँपालिका-७ पाँचथरका ५० वर्षीय झर्मेन्द्रप्रसाद रेग्मी र भिमसेन थापा गाउँपालिका-१ गोरखाका ३२ वर्षीय देवबहादुर मग्राती रहेका छन् । रेग्मी र मग्रातीबाट पहेंलो धातुबाट बनेको पुरानो जस्तो देखिने गौतम बुद्धको ६ किलो चार सय २० ग्रामको मूर्ति बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लका अनुसार मूर्ति र मूर्ति प्वाल पार्न प्रयोग गरिने मेसिनसहित पक्राउ परेका दुवैजनामाथि प्राचीन स्मारकसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका सातैजना माथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *