सिंजाका सडक पुनर्निर्माणका लागि बजेट व्यवस्थापन

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । गत असोज महिनाको १९ देखि २३ गतेसम्म परेको अविरल वर्षा र बाढीपहिरोले विशेषगरी सिंजा क्षेत्रमा धनजनको ठूलो क्षति गरेको थियोे । सो वर्षा र बाढीपहिरोले गरेको विनाश अझै पनि यहाँका स्थानीयवासीले बिर्सन सकेका छैनन् । स्थानीय सरकारदेखि अन्य गैरसरकारी संघसंस्थाले केही भए पनि पीडितको घरमै पुगेर राहत वितरण गरेका छन् ।

ग्रामीण सडकदेखि राजमार्गसम्म जोडिएका सडक खण्ड पनि बाढीपहिरोले क्षति गरेपछि पुनः स्तरवृद्धिको काम भइरहेको हो । सिंजा क्षेत्रको केन्द्रबिन्दु मानिने सिंजा गाउँपालिकामा भत्किएका सडक निर्माणका लागि पाँच करोडको बजेट अर्थ मन्त्रालयबाट विनियोजित भई शहरी विकास इकाई कार्यालय सुर्खेतले सोमबार खुला प्रतिस्पर्धा माध्यमबाट बोलपत्र प्रकाशित गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

सडक पुनः स्तरवृद्धिका लागि हिमा गाउँपालिका-१ आचार्य लिहीको जिरो प्वाइन्टदेखि धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्नेछ । धेरै मिहिनेत र लामो समयपछि अर्थ मन्त्रालयबाट बजेट व्यवस्थापन भएको छ । ठेक्का प्रक्रिया शहरी विकास इकाई कार्यालय सुर्खेतले गरिसकेको छ । अब छिट्टै सिंजाका भत्किएका सडक पुनर्निर्माण हुने भएका छन् ।

यहाँका नागरिकको आवश्यकता र उनीहरूको मागअनुसार महसुस हुने गरी काम गरिने सिंजाका अध्यक्ष धितालले बताउनुभयो । कामलाई गुणस्तरीय रूपमा सम्पन्न गराउन सिंजावासीको भूमिका महत्वपूर्ण रहने सिंजा गाउँपालिकाले जनाएको छ । ग्रामीण भेगका विकासे कामलाई तीव्रगतिमा गर्नका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरी पालिकामा पुगिसकेको छ । कार्यविधि बनाई सञ्चालनमा ल्याइने अध्यक्ष धितालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज