आर्थिक र नेतृत्व विकासमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण : नगरप्रमुख खाँण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । तिलोत्तमा नगरपालिकाका प्रमुख तथा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संस्थाका संरक्षक रामकृष्ण खाँणले सहकारीबाट नेपालको गरिबी न्युनीकरण गर्न सकिने बताउनु भएको छ ।

धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ वार्षिक साधारण सभा तथा ११ औ अधिवेशन को उद्घाटन गर्दै शेयर सदस्यहरुको आर्थिक र नेतृत्व विकासमा सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

उहाँले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने गरी रोजगार र सिपमुलक तालिमहरु दिनुपर्ने बताउनु भयो । शेयर सदस्यहरुको आवश्यकता र माग अनुसारको तालिमहरु चलाउन सके यसबाट सकारात्मक फाईदा मिल्ने खाणको भनाई छ । बैकलाई जिम्दार र सहकारीलाई सहकार्यको काम गर्ने रुपमा तुलना गर्दै सहकारीबाट देशको आर्थिक समृद्धि सम्भव भएको बताउँदै उहाँले देशमा ३० हजार बढी सहकारी संस्था र ६४ लाख सहकारी सदस्यहरु रहेको बताउनु भयो।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र शर्माले वित्तिय संस्थाहरुमध्ये सहकारीको आफ्नै संचालन विधि र नीति रहेको बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष गोविन्द खनालले शेयर सदस्यहरुको स–साना बचतबाट उत्पादनमुलक क्षेत्रमा लगाउन र आर्थिक उपार्जन गर्ने रुपमा सफलता मिलेको वताउनु भयो। कुनै पनि संस्थाको अधिवेशन र साधारण सुझाव लिने, संस्थालाई मार्ग निर्देशन गर्ने रुपमा रहेको वताउनु भयो । सहकारीमा आवद्ध हुनुभन्दा पहिले नै त्यस संस्थाका बारेमा राम्रो ज्ञान लिनुपर्ने खनालकोे सुझाव थियो । शेयर सदस्यहरुलाई सहकारीको मर्म बुझाउने कार्यक्रमहरु ल्याउनुपर्ने उहाले बताउनु भयो रुपन्देही जिल्ला कार्यक्षेत्र रहेको धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड यसवर्षदेखि लुम्बिनी प्रदेशभरि नै सेवा विस्तार गर्ने गरी योजना ल्याएको खनालले बताउनु भयो ।

ADVERTISEMENT

देशमा आर्थिक संकटको समस्या देखिएको भन्दै यस्तो परिस्थितिमा पनि मुनाफा बाँड्न संस्था सफल हुनु सकारात्मक पाटो भएको खनालले बताउनु भयो ।रुपन्देहीका ग्रामीण क्षेत्रमा सेवा केन्द्रमार्फत सहकारीको लक्ष्य अनुसार काम गर्दै आएको सैनामैना सेवा केन्द्रका अध्यक्ष गुरुप्रसाद पराजुलीले वताउनु भयो । ग्रामीण क्षेत्रमा सेवा केन्द्र संचालन गरेर कृषिमार्फत आर्थिक समृद्धिको नमुना काम अघि बढाएको बताउनु भयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार टंकप्रसाद पराजुलीले शेयर सदस्यहरुको हितमा अग्रसर रहेर स्वरोजगार, आयआर्जनमुलक क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले सहकारी ऐन, नियम र नियमावलीअनुसार चलेको संस्था हुँदा चुनौतीहरु पार गर्दै शिखरमा पुग्न सफल भएको वताउनु भयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पुर्व महासचिव हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, संस्थाका उपाध्यक्ष नारायण अधिकारी, सचिव देवप्रसाद खनाल, पुर्व उपाध्यक्ष लक्ष्मण अर्याल, नारी बचत तथा बहुउद्देश्यीय सहकारीसंस्थाका अध्यक्ष गंगा गुरुङ, संस्थाका सल्लाहकार हरि प्रसाद पन्थ, युवराज गिरिलगायतले चुनौतिको सामना गर्दै अगाडि बढ्नुपर्ने वताउनु भयो । संस्था चल्न नीति र विधि आवश्यक पर्ने भन्दै सही नेतृत्वबाट मात्र संस्था अघि बढ्ने बताउनु भयो।

यसैबीच जेष्ठ नागरिक, उत्कृष्ट अंक ल्याएर उत्तीर्ण सहकारी शेयर सदस्य तथा सदस्यका छोराछोरीहरुलाई नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मान गरिएको थियो । सहकारीमा हाल १ हजार ४ सय शेयर सदस्यहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज