धादिङ महोत्सवमा कालो उखुको स्टल रहने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । आठौँ धादिङ महोत्सव २०७९ मा थाक्रे गाउँपालिकाबाट कालो उखु र त्यसको जुसको स्टल रहने भएको छ । साथै गाउँपालिकामा रहेको महिला पञ्चेबाजाको टोलीद्वारा सांस्कृतिक झाँकी प्रस्तुत गरिने मूल आयोजक समितिले जानकारी दिएको छ ।

उखुको स्टलमा खेतीको आधुनिक तरिका, कालो उखुको फाइदा र महत्वका विषयमा जानकारी गराइने तथा महोत्सव अवलोकनकर्ताहरूले कालो उखुको जुसको स्वाद लिन पाउने व्यवस्थासमेत मिलाइएको छ । महोत्सवलाई सर्वपक्षीय बनाउन तथा पालिकाहरूका प्रचारयोग्य वस्तु, सेवा, संस्कृति र सम्पदाहरूको प्रचारप्रसारमा सहयोग गर्न मूल आयोजक समितिले पालिकाका अध्यक्षहरूलाई आग्रह गरेको छ ।
यस्तै, महोत्सवलाई व्यवस्थित र भव्य सभ्य बनाउन मंगलबार र बुधबार दक्षिणी धादिङको थाक्रे, गल्छी र गजुरी गाउँपालिका प्रमुखहरूसँग छलफल गरिएको धादिङ उद्योग वाणिज्य संघ धादिङका महासचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो । छलफलका क्रममा गल्छी गाउँपालिकाबाट बोटबिरुवा तथा फलफूलका नर्सरीहरूको स्टल रहने गाउँपालिका अध्यक्ष केदार खतिवडाले प्रतिबद्धता जनाउनुभएको छ ।

ADVERTISEMENT

त्यस्तै, गजुरी गाउँपालिकाले पनि गाउँपालिकाको चेपाङ संस्कृति र रहनसहनलाई प्रस्तुत गर्नका लागि पहल थालेको उहाँले बताउनुभएको छ । धादिङका सबै पालिका प्रमुखहरूसँग छलफल गरी पालिकाभित्रका प्रदर्शनयोग्य वस्तु, सेवा, संस्कृति र सम्पदाहरूलाई महोत्सवमा समावेश गरिने मूल आयोजक समितिले जानकारी दिएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक विष्णु थपलियाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटी, संघका पदाधिकारी एवं सदस्यहरूको सहभागिता, धादिङका सबै गाउँपालिका तथा नगरपालिकामा छलफल जारी रहने धादिङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?