काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको हो ।
सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताइएको छ । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार पत्र पठाएको हो ।
४ मंसिरमा भएको निर्वाचनमा एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements