बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

बुटवल । बुटवलमा अक्सिजन सुविधासहितका दुईवटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं. १३ र १७ मा १६-१६ शैय्याका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एसियाली विकास बैंकमार्फत् जापान सरकारको अनुदानमा प्रतिभवन एक करोड ५७ लाख लागत लाग्ने र ६ देखि आठ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले बताउनुभयो ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताउनुभयो । ‘नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी स्वास्थ्य केन्द्र बुटवलमा आएका हुन्,’ उहाँले भन्नुभयो, ‘यी स्वास्थ्य केन्द्रले बुटवलको स्वास्थ्य क्षेत्रमा थप इँटा थप्नेछन् ।’

कोभिड-१९ महामारी र महामारीजन्य विपद् व्यवस्थापनमा समेत सहयोग हुने गरी निर्माण हुने अक्सिजन सिलिण्डरसहितका बहुउद्देश्यीय स्वास्थ्य केन्द्र भवनको छिट्टै नै शिलान्यास गरिने उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरू रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखाप्रमुख पाण्डेले बताउनुभयो ।

ADVERTISEMENT

तीन/तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रमा भवन निर्माणको काम छिट्टै सुरु हुने गरी प्रक्रिया अघि बढेको मझौला तथा साना शहरहरूमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलहरूमार्फत् कोभिड-१९ को रोकथाम र नियन्त्रण आयोजनाका कार्यक्रम संयोजक हरिप्रसाद शर्माले बताउनुभयो ।

बुटवललाई स्वास्थ्य क्षेत्रमा अग्रणी शहर बनाउनका लागि सानास्तरका देखि विशिष्टीकृत अस्पताल बनाउने योजनाअनुसार स्वास्थ्य केन्द्र निर्माणको काम अघि बढाएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाँले उपचारका लागि बुटवलवासीले अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्ने गरी भौतिक पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज