सप्तरी । सप्तरीका पत्रकार तथा अवधेश झालाई धम्की दिने व्यक्तिलाई कारबाहीको माग राख्दै नेपाल पत्रकार महासंघ सप्तरीले प्रहरीमा उजुरी दिएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य अवधेश झामाथि समाचार लेखेकै कारण केही व्यक्तिले सामाजिक सञ्जालमा खुलेयाम ज्यान मार्ने धम्की तथा झाको तस्वीरमा कोरेपछि महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा गएका पत्रकारको टोलीले मंगलबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कडा कारबाहीको माग गरी महासंघको उजुरी पत्र बुझाएको हो।
सप्तरीबाट विगत लामो समयदेखि कान्तिपुरमा समाचार संकलन र सम्प्रेषण गर्दै आउनुभएको पत्रकार झाले १७ मंसिरको कान्तिपुर दैनिकको मधेश प्रदेश संस्करणमा तोक आदेशमा कर्मचारी भर्ना शीर्षकमा समाचार लेख्नुभएको थियो ।
उक्त समाचार राजविराज नगरपालिकामा तोक आदेशमा कर्मचारी भर्ना गरिएको विषयसँग समाचार सम्बन्धित छ । उक्त समाचार प्रकाशन भएपछि बजार चौकमा केही व्यक्तिले पत्रकार झालाई भौतिक कारबाही हुने भनी जानकारी आएको छ, महासंघ सप्तरीले प्रहरीमा बुझाएको उजुरीमा भनिएको छ, यसको अतिरिक्त नसरुल राजा र मो. सजाद नामको फेसबुक आईडिबाट पत्रकार झाको तस्वीरमा क्रस चिन्ह लगाएर सार्वजनिक गरिएपछि थप पत्रकार झा असुरक्षित हुन पुगेको छ, उक्त फेसबुक आईडिहरूमा लेखिएको स्क्रिन सर्टसमेत यसै निवेदनसाथ संलग्न छ ।
समाचार लेखेको विषयमा सम्बन्धित पक्षलाई आफ्नो अनुकूलको चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने कानुनी प्रावधान हुँदा पनि फेसबुकमा नसरुल राजा र मो. सजादको सामाजिक सञ्जालमा पत्रकार झामाथि ज्यान मार्ने धम्की सम्म दिएको हुँदा उनीहरूमाथि कानुन बमोजिम कारबाहीको माग गर्दै यो निवेदन दिएका छौं महासंघले दिएको उजुरीमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts