क्यान भोजपुर अध्यक्षमा प्रजन राई

Read Time = 1 min

भोजपुर । कम्प्युटर एसोशियसन नेपाल महासंघ (क्यान) भोजपुरको आगामी दुई बर्षे कार्यकालका लागि प्रजन राई अध्यक्षमा चयन हुनु भएको छ ।
भोजपुर सदरमुकाममा मंगलवार भएको तेश्रो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा ७ सदस्यीय नयाँ समिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा बिपना शाक्य, सचिव समीर राई, सहसचिव दिपेश राई र कोषाध्यक्षमा अस्मिता राईलाई चयन गरेको छ ।

ADVERTISEMENT

यस्तै सदस्यमा बविन शाक्य र राजन कोइराला चयन हुनु भएको छ भने २ जना सदस्य कार्य समितिको निर्णय अनुसार पछि मनोनयन हुने छ । अधिवेशनबाट चुनिनु भएकाहरूलाई निर्वाचन अधिकृत उत्तम सिं राई, पत्रकार महासंघका अध्यक्ष एक्सन राई, भोजपुरका बरिष्ठ पत्रकार निरोज कोइराला लगायतले कार्यकाल सफलताको शुभकामना दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज