मेलम्ची खानेपानी आयोजनाबारे प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउनु भएकाे छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगी उहाँले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस गरेको र त्यसमा सरकारको भूमिका प्रभावकारी रहनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाउनु भएकाे हाे । उहाँले मेलम्चीको खानेपानीको विषयलाई लिएर सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी पनि गराउनु भएकाे छ ।

नेता सिंहले मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएकाे छ ।

ADVERTISEMENT

सिंहले मेलम्ची खानेपानीका विषयमा सरकारले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे बुँदागत रूपमा सुझाव पनि दिनु भएकाे छ । तत्काल गर्नुपर्ने काममा आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुगोंमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्ट ट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।

यस्तै, दीर्घकालीन रूपमा गर्नुपर्ने काममा बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने, अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा ईन्टेक बनाउनुुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुननिर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने उल्लेख गर्नु भएकाे छ ।

मेलम्चीको मुहान क्षेत्रमा अझै बाढीपहिरोको जोखिम रहिरहेको उहाँको भनाइ छ । नेता सिंह केही दिनअघि मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न सिन्धुपाल्चोक पुग्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?