काठमाडौं । अनेरास्ववियुले भारतले महाकाली नदीको वहाव नै नेपालतर्फ धकेल्ने गरी सीमा क्षेत्रमा बनाएको पक्की संरचनाको विरोध गर्दै नेपाल सरकारको ध्यानाकर्षण गरेको छ ।
अनेरास्ववियुका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा ‘पछिल्लो एक वर्षमा मात्र तीन पटक सिमा विवादका कारण स्थानीयहरु बीच वारिपारी ढुंगा हानाहान भई असहज परिस्थिति उत्पन्न हुँदा समेत सरकार मौन छ, उल्टै भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपालीहरुलाई नै निरन्तर दमन र लाठीचार्ज गर्ने नेपाल सरकारको रबैयाप्रति अनेरास्ववियु घोर भर्सना गर्दछ ।’ भनिएको छ ।
साथै विज्ञप्ति मार्फत अनेरास्ववियुले सरकार निर्माण अगाडि नै सत्ता गठबन्धनका नेताले सार्वजनिक रुपमा नै भारतको लागि समेत कम्फरटेबल सरकार निर्माण गछौं भन्नु, तुईन तर्ने क्रममा भारतीय पक्षबाट तुईन काटेर नेपाली युवा जयसिंह धामी र सिमा मिचेर सडक निर्माण गर्दै गर्दा भएको विष्फोटमा परी नेपाली बालक पवन महराको मृत्यु हुँदा समेत देउवा नेतृत्वको गठबन्धन सरकार मौन रहनुले पनि सरकार कति निरीह छ भन्ने प्रष्ट हुने बताइएको छ ।
दार्चुला जिल्ला सदरमुकाम खलंगा बजारमा रहेको महाकाली नदीको पुल मुनि भारतले एकतर्फी संरचना बनाएपछि स्थानीयले विरोध गरेका थिए । स्थानीयको विरोध प्रर्दशनमा भारतीय नगरिकहरूले ढुंगा मुढा गर्दा विद्यालयमा अध्ययनरत चार जना विद्यार्थी समेत घाइते भएका थिए ।
भारतले कहिले तुइन काटेर नेपालीको हत्या गर्ने त कहिले ढुंगाले हानेर नेपालीको मृत्यु हुँदा समेत सरकार नबोलेको अनेरास्ववियुको आरोप छ । भारतको एकतर्फी मिचाहा प्रवृत्तिप्रति सरकार मौन बसेको भन्दै अनेरास्ववियुले भत्सर्ना गरेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts