नयाँ बन्ने सरकारलाई मात्र प्रदेश राजधानीको कार्यभार सुम्पिन रुपन्देही कांग्रेसको आग्रह

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । नेपाली काँग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ ।
काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी सार्न हतार नगर्न माग गरेको हो ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री कार्यालयका कार्यवाहक सचिवलाई ज्ञापनपत्र बुझाउँदै राजधानी सार्न हतार नगर्न भनेको हो । पूर्वाधार बिना राजधानी सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने सरकारलाई कार्यभार सुम्पिन काँग्रेसले आग्रह गरेको छ । ज्ञापनपत्रमा मुकाम कहाँ राख्ने र सार्ने भन्दा पनि प्रदेशवासीको दैनिकीसँग कसरी प्रदेशसभाको कानुन निर्माण प्रक्रियालाई जोड्न सकिन्छ भन्ने कुरातिर केन्द्रित हुन आग्रह गरिएको छ ।

अहिलेको निर्वाचनबाट प्राप्त सांकेतिक अभिमतलाई दृष्टिगत गरी प्रदेश मुकाम जहाँ छ त्यहीँबाट सेवा प्रवाहमा चुस्तता साथै सुशासनमा दृढताका साथ उभिन प्रदेश सरकारलाई आह्वान गरिएको छ । कर्मचारी आवास, प्रदेश सभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानु प्रतिकूल असर पर्ने देखिएको भन्दै राजधानी हतारमा सार्ने भन्दा पनि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन खाँणले आग्रह गर्नुभयो ।

ADVERTISEMENT

उक्त ज्ञापन पत्र बुभाउदै काग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पुर्वाधार सम्पन्न भएपछि राजधानी सार्ने निति गत निर्णय अनुसार अघिबढनेपनि अहिले तत्काल पुर्वाधार तयार नहुदा हतार गर्न नहुने बताउनु भयो । त्यस्तै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख समेत रहेका पार्टीका नगर सभापति खेलराज पाण्डेले कोरोना महामारी लगायतका अन्य कारणले देशको अर्थतन्त्र कमजोर भएको अवस्थामा अस्थायीबाट अस्थायी संरचनामा राजधानी सार्दा अर्थतन्त्र थप कमजोर हुने भन्दै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज