माया लुहारका हत्या आरोपी भरतराम कोली कञ्चनपुरबाट पक्राउ

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ बर्षीय माया लुहारका हत्या आरोपी भरतराम कोली कञ्चनपुरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका सशस्त्र प्रहरीका जवान समेत शिवनाथ गाउँपालिका-४ का २२ वर्षीय कोलीलाई आइतबार बिहान करिब १० बजेतिर कञ्चनपुर बसपार्कमा डुलीरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताउनुभयो ।

ADVERTISEMENT

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गर्नुभयो । उहाँले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताउनुभयो ।

कोलीले गत १३ गते साँझ धारिलो हतियारले घाँटी रेटेर मायाको हत्या गरेको आरोेप छ । मायासँगै रहेकी उनकी भदै घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । परिवारले शिवनाथ गाउँपालिका-४ का कोलीले हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *