काठमाडौं । सत्तारुढ दल नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुनेछ ।
दिउँसो २ बजेपछि कोटेश्वरस्थित पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गर्ने निर्णय गरेको थियो ।
आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts