संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक : डा शशाङ्क कोइराला

Read Time = 2 mins

मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिभिा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले संविधानको चाहना र मार्गदर्शनअनुसार गठबन्धनको सरकार आवश्यक बन्ने बताउनुभयो ।

“केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने निश्चित छ”, नेता कोइरालाले भन्नुभयो, “स्थायी सरकारले मात्र मुलुकलाई निकास दिने भएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ ।” उहाँले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताउनुभयो ।

“महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसर्फ ध्यान दिनुपर्ने देखियो”, उहाँले भन्नुभयो, “महिलालाई कुनै कोटाबाट नभइ स्वतस्फूर्त रुपमा अगाडि बढाउन सक्दो प्रयास गर्नेछु ।”

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो । उहाँले गण्डकी प्रदेशमा गण्ठबन्धनको बहुमत रहने हुँदा यही गठबन्धन कायम रहने बताउनुभयो ।

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विष्णुकुमार कार्कीले जनताका सेवा तथा विकास कार्यमा पन्छिन नहुने बताउँदै भन्नुभयो, “जनताले आफ्नो अमूल्य मत दिएर जनप्रतिनिधि भएपछि पार्टीको कुरा गरेर मात्र हुँदैन । निष्पक्ष भएर समग्र जनताको सेवा र विकास गर्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज